बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुगुमा कस्मेटिक पसल छोडेर कुखुरा व्यवसायमा रमाएकी जुनलाली

आइतबार, ०९ माघ २०७८, ०६ : १८
आइतबार, ०९ माघ २०७८

मुगु छाँयानाथ रारा नगरपालिका–२ कि जुनलाली देवकोटा कस्मेटिक पसल छाडेर टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी छन् ।

सदरमुकाम गमगढी बजारमा जिल्लाकै पहिलो कस्मेटिक व्यवसाय सञ्चालन गरेको १८ वर्षपछि उनी टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी हुन् । कस्मेटिक व्यवसायबाट भन्दा कुखुरा पालनबाट राम्रो आम्दानी हुने देखिएपछि जुनलाली यसतर्फ लागेकी हुन् । 

अहिलेको उनको दिनचर्या भनेको बिहान उठेदेखि राति अबेरसम्म टर्की, हाँस र कुखुराको रेखदेखमा समय बित्ने गरेको छ । ​छाँयानाथ रारा नगरपालिका–७ टोप्ला रारा जाने मूल गेटमा  रारा आउने जाने पाहुनालाई लक्षित गरी व्यवसाय सञ्चालन गरेको जुनलाली बताउँछिन् । 

मनीषा फ्रेसहाउस सञ्चालनबाट घर खर्च चलाउन, दुई छोराको अध्ययन खर्च जुटाउन समस्या नभएको बताएकी उनको फ्रेस हाउस सञ्चालन गर्न करिब १५ लाखभन्दा बढी रकम पूर्वाधारदेखि अन्य कच्चा पदार्थमा लगानी छ । 

हाल फ्रेस हाउसमा ३०० भन्दा बढी लोकल कुखुरा, ३० वटा हाँस, र ५० वटा टर्की छन् । पशुपन्छी तथा पशु कार्यालय मुगुबाट टर्की व्यवसायको लागि पाँच लाखको सहयोग गरिएको छ । मुगुमा टर्की हाँस, कालिजको व्यवसायको रूपमा फस्टाउँदै गइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप