बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले चारदेशीय टी-२० शृंखला खेल्ने

आइतबार, ०९ माघ २०७८, ०७ : ४७
आइतबार, ०९ माघ २०७८

नेपाली राष्ट्रिय क्रिकेट टोलीले चारदेशीय टी-२० शृंखला खेल्ने भएको छ । शृंखलामा नेपालसँगै ओमान, सयुक्त अरब इमिरेट्स (युएई) र आयरल्यान्ड सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नेपालले अक्टोबरदेखि अस्ट्रेलियामा सुरु हुने टी- २० विश्वकपका लागि अर्को महिना ग्लोबल छनोट खेल्दैछ । ओमानमा  १७ फेब्रुअरीबाट सुरु हुने छनोटको तयारीका लागि नेपालले चारदेशीय शृंखला खेल्न लागेको हो ।

शृंखलाको पहिलो खेलमा नेपाल ११ फेब्रुअरी मा घरेलु टोली ओमानविरुद्ध मैदान उत्रनेछ । १२ फेब्रअरीमा दोस्रो खेलमा युएईविरुद्ध र १४  फेब्रुअरीमा आयरल्यान्डसँगै खेल्नेछ ।

ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, जर्मनी र आयोजक ओमान छन् ।

ग्लोबल छनोटका खेलहरु  १७ देखि २४ फेब्रुअरीसम्म हुने तालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप