
के फेरि मिल्दैछन् सामन्था र नागा ?

दक्षिण भारतीय फिल्म उद्योगका लोकप्रिय जोडी अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले सन् २०२१ अक्टोबर २ मा अलग हुने घोषणा गरेका थिए । जुन घोषणाले दक्षिण भारतीय फिल्म उद्योगमा हलचल भएको थियो ।
जोडीले सामाजिक सञ्जालमा एक नोट शेयर गर्दै आफूहरु अलग्गिएको पुष्टि गरेका थिए । यद्यपि सामन्थाले भने हालैका दिनमा आफ्नो सामाजिक सञ्जालबाट अलग्गिएको पोस्ट हटाएकी छन् । उनले पोस्ट हटाउनासाथ कतै उनीहरु फेरि मिल्न त लागेका होइनन् भन्ने अड्कलबाजी गरिएको छ । फ्यानहरुले जोडी आफ्नो मतभेदलाई भुलेर पुनः नयाँ जीवन सुरु गर्न लागेको अनुमान लगाएका छन् ।
सामन्थाले पोस्ट डिलिट गरेपछि कुनै प्रतिक्रिया दिएकी छैनन् । यो जोडी विवाहको चार वर्षपछि अलग्गिएका हुन् । अलग्गिएपछि सामन्थाले आफ्नो एकाउण्टबाट केही पोष्ट हटाइरहेकी थिइन् । त्यही बेला उनीहरुको संयुक्त विज्ञप्ती पनि हटेको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ