
एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्ने

एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । आइतबार दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलन आयोजना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए ।
पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा एमालेको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको सचिव अधिकारीको भनाइ छ ।
‘समसामयिक विषयमा पत्रकार सम्मेलन राखिएको हो । त्यसमा विकसित राजनीतिक घटनाक्रम,स्थानीय निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, प्रधानमन्त्रीको सम्बोधनबारे उठेका प्रश्नको एमालेको धारणा आउछ’,अधिकारीको भनाइ छ ।
निर्वाचन आयोगले माघ ७ भित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दिएको सुझावलाई सरकारले वेवास्ता गरेपछि एमालेले आपत्ति जनाउदै आएको छ ।
पछिल्लो समय सत्ता गठबन्धनमा स्थानीय निर्वाचनसहित तीनै तहका निर्वाचन एकैपटक मंसिरमा गर्ने कि भन्ने बहस भइरहेको छ । तर नेकपा एमालेले भने आगामी जेठ ५ अघि स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा सरकार त्यसलाई टार्ने योजनामा लागेको भन्दै सशंकित हुदै आएको छ ।
साथै प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशवासीका नाममा गरेको सम्बोधनमा समेत एमाले सरकारले गरेका कामलाई आफूले गरेको भनेर प्रचार गरेको एमालेको आरोप छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ