शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुस–युक्रेन संकटलाई रोक्न के अमेरिका सफल होला त ?

आइतबार, ०९ माघ २०७८, ०९ : ०२
आइतबार, ०९ माघ २०७८

अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कन तीन चिज गर्नका लागि युरोप पुगेका छन् ।

उनी युक्रेनलाई आश्वस्त गर्न चाहन्थे कि रुसी सैन्य खतराविरुद्ध अमेरिकाले उसको समर्थन गर्नेछ, यदि आवश्यकता परे सहयोगीबीच एकजुट र आक्रामक प्रतिक्रियाका लागि अमेरिकाले सहयोग हासिल गर्नेछन् र कुटनीतिक हलका लागि आफ्नो रुसी समकक्षीसँग बस्नेछन् वा कम्तीमा यस्तो देखाउनेछन् जसले यो नलागोस् कि अमेरिकाले कूटनीति छोडिरहेको छ ।

यो स्पष्ट रुपमा हतारमा गरिएको भ्रमण हो ।

अमेरिकी अधिकारीसँग युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्की र विदेश सचिव दिमित्रो कुलेबाका साथै अमेरिकी दूतावाससँग सम्बन्धित कर्मचारीसँग बैठकको तयारीका लागि दुई दिनको नोटिस थियो ।

यो पूरा प्रक्रियाका बेला ब्लिंकनले एउटा सन्देश दिए – अमेरिका युक्रेनको समर्थनमा छ । उनका अनुसार रुससँग एकातिर कूटनीति तथा छलफल र अर्कोतर्फ संघर्ष र परिणाम, विकल्पको रुपमा थियो । पहिलो दिनपछि यस्तो लागिरहेको थियो कि अमेरिकाले प्रगति गरिरहेको छ ।

कूटनीति चलिरहेको थियो, यत्तिकैमा अमेरिकी राष्ट्रपति जो बाइडेनको बयान सार्वजनिक भयो । 

लगभग दुई घण्टाको पत्रकार सम्मेलनको क्रममा बाइडेनले भने, ‘रुसद्वारा युक्रेनमा मामुली घुसपैठको जवाफ कसरी दिने भनेर अमेरिका निश्चित रुपमा आफ्ना सहयोगीसँग कुराकानी गर्नेछ ।’

रुसले युक्रेनमा घुसपैठ गर्ने सम्भावना भएको उनले बताए ।

तर जब कुरा कूटनीतिको हुन्छ तब केही वास्तविकता यस्तो हुन्छ जसबारे कुरा नगर्दा नै राम्रो हुन्छ ।

क्वाडको उद्देश्यः

भोलिपल्ट विदेशमन्त्री ब्लिंकन, अमेरिकी ‘क्वाड’ सहयोगीसँग भेटघाट गर्ने तयारीमा थिए । बर्लिनमा जर्मनी, बेलायत र फ्रान्सका अधिकारीसँग भेटघाट भइरहेको थियो । तर उनले आफ्नो धेरैजसो समय रुसी घुसपैठको अगाडि गठबन्धनको एकतालाई चम्काउनुको साटो अमेरिकी राष्ट्रपतिको बयानमाथि स्पष्टिकरण दिँदै बिताउनु पर्यो ।

‘नर्ड स्ट्रिम–२’ ग्यास पाइपलाइनः

यसैबीच, युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रोषपूर्ण ट्वीट गरिरहेका थिए ।

अन्य सरकारी अधिकारी भने राष्ट्रपति बाइडेनले आफ्नो बयानमा रुसी आक्रमणलाई हरियो झण्डा दिएको भन्दै चिन्ता व्यक्त गरिरहेका थिए ।


जर्मनीकी विदेशमन्त्री अनालेना बेयरबाकसँग एक संयुक्त पत्रकार सम्मेलन पनि राखियो ।

उक्त पत्रकार सम्मेलनमा यदि रुसले हमला गर्छ भने कस्तो खालको प्रतिबन्ध लाग्नेछ भन्नेबारे विस्तृत रुपमा चर्चा गरियो ।

यद्यपि,  रुससँग जर्मनीसम्म नर्ड स्ट्रिम–२ ग्याँस पाइपलाइनलाई निलम्बित गर्नु पनि एउटा सम्भावना होला त भनेर दुईमध्ये कसैले पनि यसबारे चर्चा गर्न रुची देखाएनन् ।

ऊर्जा प्रतिबन्धको सम्भावनाः

ऊर्जा प्रतिबन्ध एउटा यस्तो तरिका हो जसले रुसमाथि सबैभन्दा बढी मार पार्नेछ तर यस्तो हुने सम्भावना छैन ।

किनभने युरोप, रुसी प्राकृतिक ग्यासमा निर्भर छ र अमेरिकामा पेट्रोलको मूल्य बढ्ने असर त्यहाँको राजनीतिमा पनि पर्नेछ, यस्तो बाइडेन चाहँदैनन् ।

क्वाडमा पनि समस्या छ ।

यस्तो लाग्छ कि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग एक भिन्न कूटनीतिक रणनीति बनाउनका लागि उत्सुक छन् । अमेरिका र उसका सहयोगीले निकै सूक्ष्म तरिकाले मामिलालाई नियालिरहेका छन् तर जुन तरिकाले यो हप्ता चलिरहेको छ, रुसले केही न केही लाभ त पाएको छ ।

द्वीपक्षीय बैठकः

ब्लिंकन र रुसको सर्गेई लावरोवबीच शुक्रबार भएको द्वीपक्षीय बैठक पनि एउटा तमासा नै थियो ।

स्विटजरल्याण्डको जिनेवाको ऐतिहासिक प्रेसिडेन्ट विल्सन होटलमा अमेरिकी र रुसी पत्रकारको खचाखच भीड थियो ।

रुसी प्रेस सेक्रेटरी मारिया जखारोवले फोन लिएर आफूले बोलेको कुरा रेडर्क गर्न भागदौग गर्ने पत्रकारसँग आफूले अचानक कुरा गर्न नसक्ने बताएकी थिइन् ।

अन्तत, लावरोव र ब्लिंकनले आ–आफ्नो उद्घाटन भाषण दिए ।

लावरोवले भनेका थिए, ‘मलाई ठोस् प्रस्तावको ठोस् जवाफ’ को आशा छ – जसमा यो पनि माग समावेश छ कि नेटो जुनसुकै बेला युक्रेनजस्तो पूर्व सोभियत देशमा विस्तार गर्नेछैन । ’

यस्तै ब्लिंकनले रुसी आक्रमणको अमेरिका र उसको सहयोगीले एकजुट, तेज र गम्भीर प्रतिक्रिया दिने कुरा दोहोराए ।

बैठकपछि दुबै पक्षले निकै कम प्रगति भएको तर निकै कम आशा गरिएको पनि बताए ।

युक्रेनको सीमामा १ लाखभन्दा बढी रुसी सैनिक तैनाथ छन् तर लावरोवले रुसको युक्रेनमाथि हमला गर्ने कुनै योजना नभएको बताएका छन् ।

ब्लिंकनका अनुसार अमेरिका, यरोपेली देशका लागि नेटोको ‘ओपन डोर’ विस्तार नीतिको समर्थनमा छ  । ब्लिंकनले अर्को हप्ता रुसको चिन्तामाथि लिखित जवाफ दिने बचन दिएका छन् ।

के अमेरिका युक्रेनको रक्षाका लागि आफ्नो सेनाको प्रयोग गर्नेछ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘अमेरिका आफ्नाे नेटो सहयोगीको रक्षा लागि प्रतिबद्ध छ ।’

तर युक्रेनका अधिकारीलाई युक्रेन नेटोको सदस्य देश होइन भन्ने कुरा राम्रोसँग थाहा छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप