शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतको दाबी – युक्रेनमा रुस समर्थक राष्ट्रपति चाहन्छन् पुटिन

आइतबार, ०९ माघ २०७८, ०९ : ४९
आइतबार, ०९ माघ २०७८

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुस समर्थित राष्ट्रपति तैनाथ गर्न चाहेको बेलायतले आरोप लगाएको छ । 

बेलायती विदेश मन्त्रालयले एक असामान्य कदम उठाउँदै युक्रेनका पूर्व सांसद येवेन मरायेवलाई रुसको एक सम्भावित उम्मेदवार बताएको छ । 

रुसले युक्रेनी सीमामा आफ्नो एक लाखभन्दा बढी जवान तैनाथ गरेको छ र रुसले युक्रेनमा हमला गर्न लागेको हल्लालाई अफवाहको संज्ञा दिएको छ । 

बेलायतका मन्त्रीले यदि हमला गरियो भने रुसी सरकारले यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । 

एक बयानमा बेलायतकी विदेशमन्त्री लिज ट्रसले भनेकी छिन्, ‘आज जारी गरिएको सूचना युक्रेनलाई उल्टाउनका लागि डिजाइन गरिएको रुसी गतिविधिलाई देखाउँछ र यसले क्रेमलिनको सोचमाथि प्रकाश पार्छ ।’

‘रुस पछि हट्नुपर्छ र आक्रामकता र दुष्प्रचारको आफ्नो अभियानलाई समाप्त गर्नुपर्छ र कूटनीतिको बाटो अपनाउनु पर्छ ।’

‘बेलायत र उसको सहयोगीले थुप्रै पटक भनिसकेको छ कि रुसी सेनाको युक्रेनमाथि कुनै पनि प्रकारको हमला गम्भीर परिणामका साथै एक ठूलो रणनीतिक गल्ती हुनेछ ।’ 

सन् २०१४ मा रुसले युक्रेनी क्षेत्र क्रिमियामाथि कब्जा गरेको थियो, त्यसपछि युक्रेनले रुस समर्थक राष्ट्रपतिलाई हटाइदिएको थियो । 

को हुन् मुरायेवः

पेशाले मिडिया व्यवसायी मुरायेव सन् २०१९ को चुनावमा युक्रेनी संसदको चुनाव हारेको थियो र उनको पार्टीले ५ प्रतिशत भोट पनि ल्याउन सकेको थिएन । 

बेलायतले उनलाई रुस समर्थित उम्मेदवार बताउँदा उनले विदेश मन्त्रालय केही भ्रममा देखिएको बताएका थिए । 

‘यो खासै तार्किक होइन । रुसले मलाई प्रतिबन्ध गरेको छ । यतिमात्रै होइन उनले मेरा पिताको फर्म पनि जफत गरेको छ ।’

बेलायतको विदेश मन्त्रालयले चार थप अन्य युक्रेनी राजनेताको नाम बताएको छ जो रुसी गुप्तचर एजेन्सीको सम्पर्कमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप