शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

३६ यात्रुमा कोभिड देखिएपछि किरीबाटीमा लकडाउन

आइतबार, ०९ माघ २०७८, १० : २५
आइतबार, ०९ माघ २०७८

टापु राष्ट्र किरीबाटीमा महामारी सुरु भएपछि पहिलो पटक लकडाउन घोषणा गरिएको छ । पहिलो अन्तर्राष्ट्रिय उडानका यात्रुमा कोभिड देखिएपछि लकडाउन घोषणा गरिएको हो । फिजीबाट किरीकबाटीका लागि उडेको विमानका ३६ यात्रुमा कोभिड देखिएको थियो ।

यसअघि चार जनामा भाइरस देखिएको थियो । गत साता मात्र किरीबाटीमा दुई जनामा कोभिड देखिएको थियो । 

किरीबाटी विश्वकै सबैभन्दा एक्लो टापुमध्यको एक हो । किरीबाट नजिकको महादेश अस्ट्रेलियासम्मको दूरी चार हजार ८०० किलोमिटर टाढा छ । सन् २०२० को जनगणना अनुसार यहाँको जनसंख्या १ लाख १९ हजार छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप