शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरको चाँगुनारायणमा पूर्व सैनिक मृत भेटिए

आइतबार, ०९ माघ २०७८, १० : २७
आइतबार, ०९ माघ २०७८

भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित दुवाकोटमा ३५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिका घर भई दुवाकोटमा बस्ने मोहन बस्नेत आइतबार बिहान झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

बस्नेत आफू बस्दै आएको टहरामा फलामको पाइपमा नाम्लोको पासो लागेर झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले रातोपाटीलाई बताए । उनी पूर्व सैनिक हुन् । बस्नेतले केही महिनाअघि सेनाबाट अवकाश पाएका थिए । २०५९ मा सेनामा भर्ना भएका उनले युद्धमा खुट्टा गुमाएका थिए । बस्नेतका परिवार भक्तपुरमा तरकारी खेती गर्छन् ।

उनको शव पोष्टमार्टमका लागी अस्पतालमा लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप