शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका सबैभन्दा महँगा खेलाडी केएल राहुल, जो १७ करोड लिन्छन्

आइतबार, ०९ माघ २०७८, १० : २८
आइतबार, ०९ माघ २०७८

भारतीय खेलाडी (ओपनर) केएल राहुल इन्डियन प्रिमियर लिग (आईपीएल)को सबैभन्दा महँगो खेलाडी बनेका छन् । अहिले दक्षिण अफ्रिका भ्रमणमा रहेको वानडे सिरिजको कप्तानी सम्हालिरहेका उनलाई आईपीएलको नयाँ फ्रेन्चाइजी लखनउले १७ करोड भारुमा अनुबन्ध गरेको हो । आईपीएल २०२२ मा कुनै पनि खेलाडीले पाउने यो रकम सर्वाधिक हो । 

केएल दायाँ हाते प्रख्यात ब्याट्सम्यान हुन् । यसअघि २०१८ देखि २०२१ सम्म रोयल च्यालेन्जर्स बेंगलोरले विराट कोहलीसँग १७ करोडमा अनुबन्ध गरेको थियो । 

लखनउ फ्रेन्चाइजीले केएलपछि अस्टे«लियाली खेलाडी अलराउन्डर मार्कोस स्टोइनिसलाई ९.२ करोड र रवि बिस्नोईलाई चार करोडमा टिममा सामेल गरेको छ । 

यी तीन खेलाडीलाई टिममा अनुबन्ध गरिसकेपछि पनि लखनउ पे्रmन्चाइजीसँग खेलाडी किन्न ५९ करोड बाँकी रहेको बताइएको छ । आईपीएलको १५औं संस्करणमा आठबाट बढेर १० टिम हुने छन् ।

लखनउ फ्रेन्चाइजीले आफ्नो टिमको मेन्टरमा गौतम गम्भीरलाई अघि सारेको छ । टिम कोच भने एन्डी फ्लावर रहेका छन् । गौतम गम्भीर टिम इन्डियाका पूर्वओपनरका साथै कोलकाता नाइट राइडर्स (केकेआर)लाई दुई पटक आईपीएल च्याम्पियन बनाउने खेलाडी हुन् ।

पाँच पटक आईपीएल च्याम्पियन बनिसकेको मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले अहिले (२०२२)मा १६ करोड पाउने छन् भने कोहलीलाई आरसीबीले १५ करोडमा टिममा टिकाइराखेको छ । कोहली आरसीबीमा हालका सबैभन्दा महँगा खेलाडी हुन् । 

सर्वाधिक तलब लिने केएल राहुलले आईपीएलका २७ म्याचमा कप्तानी सम्हालिसकेका छन् । त्यसमध्ये ११ म्याचमा जित र १४ मा हार बेहोरिसकेका छन् । जितको प्रतिशत ४४.४४ रहेको छ । केएल यसअघि पन्जाब किङ्समा थिए, उनले सबैभन्दा बढी रन बटुलेका थिए । पछिल्लो समय आईपीएलमा ब्याट्सम्यानका रुपमा केएल सर्वाधिक सफल र चर्चित खेलाडी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप