शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा सेवा प्रभावित

आइतबार, ०९ माघ २०७८, १० : २८
आइतबार, ०९ माघ २०७८

बडिकेदार गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पालिकाको सेवा प्रभावित भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको  स्वास्थ शाखाले जनाएको छ ।

पालिकाका कर्मचारी र स्वास्थ्य शाखाका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि दुवैतर्फका सेवा प्रभावित बनेका छन् । अहिले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरिएको पालिकाले जनाएको छ । कामका लागि भारत गएका नागरिक धमाधम घर फर्किरहेका कारण ती व्यक्तिबाट बढीजसो कोरोना जोखिम बढ्न थालेको जनाइएको छ ।  स्वदेश फर्किएकाहरुलाई अनिवार्य कोरोना परीक्षण गर्न पालिकाले आग्रह गरेको छ । जिल्लामा हाल नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या १११ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप