शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्युजिल्याण्डकी प्रधानमन्त्रीको विवाह पुनः रद्द, भनिन्, ‘म देशको जनताभन्दा भिन्न होइन’

आइतबार, ०९ माघ २०७८, १० : ५०
आइतबार, ०९ माघ २०७८

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डर्नले आफ्नो विवाह पुनः रद्द गरेकी छिन् । देशमा स्थानीय स्तरमा ओमिक्रोनको संक्रमण रोक्नका लागि नयाँ नियम लागू भएसँगै उनले आफ्नो विवाह रद्द गरेको उनले आइतबार पत्रकारसँग भनेकी छिन् । 

आइतबार मध्य रातदेखि न्युजिल्याण्डमा मास्कको नियम र मानिसहरु जम्मा हुने नियममा कडाई गरिएको छ । एक विवाहमा सरिक भएका ९ जना व्यक्तिमा ओमिक्रोन संक्रमण देखिएको थियो । 

नर्थ आइल्याण्डको अकल्याण्डमा विवाह र अन्य कार्यक्रममा सरिक भएर विमानमार्फत् दक्षिण आइल्याण्ड फर्किएका एक परिवारमा ओमिक्रोन भेटिएको हो । 

न्युजिल्याण्डमा आइतबार रातीदेखि मास्क अनिवार्य गरिएको छ । रेष्टुरेन्ट, बार र विवाहलगायतका कार्यक्रममा सयजना मात्रै उपस्थित हुन पाउनेछन् । भ्याक्सिन पास उपलब्ध नगराउने स्थानमा २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने आर्डर्नले बताएकी छिन् । 

‘मेरो विवाहको कार्यक्रम अघि बढ्ने छैन,’ उनले पत्रकारसँग भनिन् । ‘मजस्तै परिस्थितिमा भएकाहरुका लागि म माफी माग्न चाहन्छु ।’

आर्डर्नले आफ्नो विवाहको मिति तोकेकी त थिइनन् तर यो भव्य हुने हल्ला चलेको थियो ।

लामो समयदेखि सम्बन्धमा रहेका आफ्ना प्रेमीसँगको विवाहको कार्यक्रम बारम्बार रद्द हुँदा कस्तो लागिरहेको छ भन्ने प्रश्नमा उनले भनिन्, ‘म न्युजिल्याण्डका हज्जारौँ जनताभन्दा फरक छैन । न्युजिल्याण्डका जनताले महामारीमा थप विनासकारी प्रभाव महसुस गरेका छन् । गम्भीर रुपमा विरामी हुँदा पनि आफ्नो प्रियजनलाई भेट्न असमर्थ भएका छन् । यो मैले गरेको कुनै पनि दुःखको अनुभवभन्दा निकै टाढा छ ।’

न्युजिल्याण्डको सीमा विदशीहरुका लागि सन् २०२० को मार्चदेखि नै बन्द छ । 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप