
लुम्बिनी विकास बैंकको ६ महिनाको नाफा ३५ करोड १७ लाख

लुम्बिनी विकास बैंकले छ महिनामा ३५ करोड १७ बढी नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्म आइपुग्दा अघिल्लो वर्षको नाफामा ३४.३१ प्रतिशतले वृद्धि गर्दै कुल ३५ करोड १७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले जम्मा २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढाएको छ । बैंकको त्रैमासिक रिपोर्ट अनुसार खुद ब्याज आम्दानी ३५.३३ प्रतिशतले बढेर ७२ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले ५३ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यसै अवधिमा बैंकको सञ्चालन नाफा समेत ४१.५८ प्रतिशतले बढेर ५१ करोड ४० लाख रुपैयाँ पुगेको छ । गत वर्षको सञ्चालन नाफा ३६ करोड ३० लाख रुपैयाँ थियो । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा २४ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४ पैसाले बढेर २१ रुपैयाँ ४२ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ६८ पैसा रहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ