आज देशभरका अदालत बन्द
पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालत बन्द रहनेछ । सर्वोच्च अदालतको शनिबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्व प्रधानन्यायाधीश शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो । सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधिकरण गरी देशभरका अदालतमा शोक बिदा दिने भएकाले आज बन्द हुने भएको हो ।
पूर्व प्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको थियो । सरकारी सेवामा २०१५ सालमा प्रवेश गर्नुभएका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भई अदालतको न्यायाधीश भएर काम गदै २०५४ चैतदेखि २०५६ मङ्सिर ३० गतेसम्म नेपालको प्रधानन्यायाधीश भएर काम गरेका थिए । स्व. शर्माको एक छोरा एक छोरी रहेका छन् ।
सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्व प्रधानन्यायाधीश शर्माको निधनप्रति दुःख व्यक्त गरी चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार