ad
x

राष्ट्रपतिलाई अपमान गरेको आरोपमा टर्कीका पत्रकार पक्राउ

person explore access_timeमाघ ९, २०७८ chat_bubble_outline0

टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको  सीएनएन टर्कले शनिबार जनाएको छ।


कार्यक्रमको क्रममा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको नीतिहरूको बारेमा कुरा गर्दा ‘दरबारमा गाईवस्तु’ भन्ने भनाइ उल्लेख गरेको स्पुतनिकले रिपोर्ट गरेको छ। टर्कीको कानुन अनुसार राष्ट्रपतिको अपमान गर्नु फौजदारी अपराध हो। काबासको भनाइले सामाजिक सञ्जालमा व्यापक ध्यानाकर्षण भयो र टर्कीका अधिकारीहरूबाट कडा प्रतिक्रिया आएको छ।



सत्तारुढ जस्टिस एन्ड डेभलपमेन्ट पार्टीका प्रेस सेक्रेटरी ओमेर सेलिकले उक्त टिप्पणीलाई अनैतिक र मूर्खतापूर्ण भनेका छन्। शनिबार, टर्कीको अदालतले पत्रकारलाई गिरफ्तार गर्ने निर्णय गरेको सीएनएन टर्कले जनाएको छ।
 













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X