शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन, कम्पनीले अब १० प्रतिशत बोनस सेयर दिने

आइतबार, ०९ माघ २०७८, १२ : २८
आइतबार, ०९ माघ २०७८

ज्योति लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश परिमार्जन भएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको बोनस सेयरसहित नगद लाभांशको परिमाण परिमार्जन गरेको हो ।  योसँगै अब कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोबापत लाग्ने कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यसअघि कम्पनीले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ५.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।  तर, बीमा समितिले उक्त लाभांश परिमार्जन गर्न निर्देशन दिएसँगै कम्पनीले नगदलाई भन्दा बोनस सेयरलाई प्राथमिकता दिँदै लाभांश परिमार्जन गरेको हो ।

परिमार्जित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ । चार वर्षअघि जीवन बीमा कम्पनीको रुपमा स्थापित कम्पनीले पहिलो पटक लाभांश घोषणा वितरण गर्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप