ad
x
समाचार

मन्त्री यादवको अभिव्यक्ति सरकारको ‘नोटिस’मा छ : गृहमन्त्री

person explore access_timeमाघ ९, २०७८ chat_bubble_outline0

गृहमन्त्री बालकृष्ण खाणले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको नोटिसमा रहेको बताएका छन् । मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने आशयको चेतावनी दिएपछि गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।


मन्त्री यादवको अभिव्यक्तिमा प्रधानमन्त्री किन मौन भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको कुरा हामी सबैले नोटिस राखेका छौं । हामी (मन्त्रीहरु)ले संविधान र विधिको पालनाप्रति गम्भीर बन्नुपर्छ ।’



सबैभन्दा पहिला संविधान र विधिको पालना सरकारले नै गर्नुपर्ने उनको भनाइ छ । ‘त्यसकारण मन्त्रीको अभिव्यक्ति कानुन र विधिसम्मत हुनुपर्छ । विधि र कानुन सम्मत अभिव्यक्ति राख्दा राम्रो हुने हो,’ गृहमन्त्री खाणले भने ।





​मन्त्री यादव सम्बद्ध जनता समाजवादी पार्टी (जसपा)ले उनसँग छलफल गरेपछि मात्र सरकार धारणा बनाउने उनको भनाइ छ । गृहमन्त्री खाणले भने, ‘विभागीय मन्त्रीसँग सम्बन्धित पार्टीले पनि छलफल गर्ला । त्यसपछि मात्र यस विषयमा सरकारले सोच्छ ।’



जसपाले भने शनिबार विज्ञप्ति जारी गर्दै मन्त्री यादवको बचाउ गरेको थियो । मन्त्री यादवको अभिव्यक्तिको चौतर्फिक विरोध भइरहेको छ । राजनीतिक दल, नागरिक समाज लगायतले मन्त्री यादवलाई बर्खास्त गर्न माग गरिरहेका छन् ।







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X