बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइन कक्षाका लागि मासिक २८८ रुपैयाँमै डिसहोमको इन्टरनेट

आइतबार, ०९ माघ २०७८, १३ : १३
आइतबार, ०९ माघ २०७८

डिसहोम इन्टरनेटले अनलाइन कक्षाका लागि मासिक २८८ रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ । नेपालमा कोभिड–१९ को तेस्रो लहर शुरू भएसँगै विद्यालय तथा कलेजहरूले अनलाइन कक्षा शुरू गरेका छन् । यसैबीच विद्यार्थीहरुको सिकाई नरोकियोस् भन्ने उद्देश्यले डिसहोम फाइबर नेटले ‘स्टुडेन्ट अनलाइन क्लास प्याकेज’ सार्वजनिक गरेको हो । 

प्याकेज अन्तर्गत एउटा विद्यार्थीका लागि मासिक २८८ रूपैयाँ, २ जना विद्यार्थीका लागि मासिक ४८८ रूपैयाँ र ३ जना विद्यार्थीका लागि मासिक ५८८ रूपैयाँमा इन्टरनेट प्रयोग गर्न सकिने छ । यो प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक पर्ने जुम, गुगल मिट, माइक्रोसफ्ट टिप्स लगायतका सफ्टवेयर चलाउन चाहिने आवश्यक ब्यान्ड विथ उपलब्ध गराइने छ ।  

अनलाइन कक्षाका लागि एक जना विद्यार्थीलाई १० एमबीपीएस, २ जना विद्यार्थीलाई १५ एमबीपीएस र ३ जना विद्यार्थीलाई २० एमबीपीएस इन्टरनेट उपलब्ध हुनेछ । यसबारे थप जानकारीका लागि डिसहोमको हटलाइन नम्बर ९८०१५४४००० वा नजिकको ‘डिसहोम डिलर दाइ’ कहाँ सम्पर्क गर्न सकिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप