
होटलमा बन्धक बनाएर मोरङमा सामूहिक बलात्कार, १ जना पक्राउ

मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलिया स्थित होटलमा बन्धक बनाएर ३० वर्षीया महिलालाई बलात्कार गरिएको छ । शनिवार साँझ ति महिलालाई होटलमा लगेर ३ जनाले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको मोरङका एसपी जनर्दन जिसिले रातोपाटीलाई बताए ।
इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी महिलालाई ३ आरोपीहरूले ‘बहिनीको घरमा छाडिदिन्छौँ’ भनेर प्रदेश–२–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर ‘श्रेष्ठ होटल एण्ड फेमिली लज’मा लगेका थिए । सो होटलमा उनीहरूले बलात्कार गरेको प्रहरीको भनाई छ ।
बलात्कारमा संलग्न रहेको आरोपमा होटल सञ्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठलाई पक्राउ गरिएको एसपी जिसीले बताए । घटनामा संलग्न दुईजना फरार छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ