होटलमा बन्धक बनाएर एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ
आइतबार, ०९ माघ २०७८, १३ : ४५
मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलियास्थित होटलमा बन्धक बनाएर ३० वर्षीया महिलालाई बलात्कार गरिएको छ । शनिवार साँझ ती महिलालाई होटलमा लगेर ३ जनाले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको मोरङका एसपी जनर्दन जिसिले रातोपाटीलाई बताए ।
इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी महिलालाई ३ आरोपीहरुले ‘बहिनीको घरमा छाडिदिन्छौँ’ भनेर प्रदेश–२–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर ‘श्रेष्ठ होटल एण्ड फेमिली लज’मा लगेका थिए । सो होटलमा उनीहरुले बलात्कार गरेको प्रहरीको भनाई छ ।
बलात्कारमा संलग्न रहेको आरोपमा होटल संचालक ३६ वर्षीय अर्जुन श्रेष्ठलाई पक्राउ गरिएको एसपी जिसीले बताए । घटनामा संलग्न दुई जना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै