
छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

लुम्बिनी प्रदेशका दुई जिल्ला छिमेकी प्रदेशको एक जिल्लाको छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका–२ एनसिसिएन चोकस्थित सडकमा भे१ च २८१५ नम्बरको बलेरो जिप र भे १० प ४६८ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक बर्दिया बढैयाताल नगरपालिका–३ बस्ने २० वर्षीय राजन कुमार थारुको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय किशोर थारुको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिका–४ लुम्बिनीस्थित सडकमा लु ९ प ३०३४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने २३ वर्षीया लक्ष्मी श्रीस मगरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । आफूले सामान किन्दै गरेको ठेलालाई लु ८ प ४१७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि आत्तिएर बाटो काट्ने क्रममा लु ९ प ३०३४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । दुवै मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैबीच गुल्मीको छिमेकी गाउँ स्याङ्जाको कालिगण्डकी गाउँपालिका–२ कोटाकोट सेरास्थित सडकमा लु ३ त ३७०२ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरका चालक सोही ठाउँ बस्ने १८ वर्षीय गोविन्द पाण्डेको मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ