ad
x

एम्बाप्पेलाई इब्राहिमोविचको सुझाव : रियल जाऊ

person explore access_timeमाघ ९, २०७८ chat_bubble_outline0

ज्लाटान इब्राहिमोविचले किलियान एम्बाप्पेलाई पेरिस सेन्ट जर्मेन छाडेर रियल म्याड्रिड जान सुझाव दिएको खुलासा गरेका छन् । एम्बाप्पेले आफूसँग करियरको बारेमा सुझाव मागेको बताउँदै ज्लाटानले सो सुझाव दिएको बताएका हुन् ।


पीएसजीसँग एम्बाप्पे यो सिजनको अन्त्यमा करार अन्त्य हुँदैछ । तर हालसम्म एम्बाप्पेले आफ्नो भविष्यको बारेमा ठोस निर्णय भने लिइसकेका छैनन् । उनी आगामी सिजन रियल आउन सक्ने ठूलो चर्चा रहेको छ ।



किलियानले मात्र उनी कहाँ जानेछन् भन्ने उत्तर दिन सक्छन् । यो कुरा उनी के चाहन्छन् र के सोच्छन् भन्नेमा निर्भर हुन्छ, एल एक्युपेसँग कुराकानी गर्दै ज्लाटानले भने, यदि म किलयान भएको भए जान्थे । तर, यदि म पीएजसी भएको भए उनलाई राख्न खोज्थे । पीएसजी वास्तवमा उनी बसोस् भन्ने चाहन्छ । तर के उनी त्यहाँ बस्न चाहन्छन् ?



अन्य क्लबहरुले पनि उनलाई अनुबन्ध गर्न चाहन्छन् । उनले मलाई सोधेका थिए र मैले उनलाई भने यदि म तिमी भएको भए, म रियल जान्थेँ, ज्लाटानले भने । आफूले करियरमा विभिन्न देशका विभिन्न टीममा खेल्न पाएको उल्लेख गर्दै उनले थपे, ‘यसरी नै मैले सिके र आफूलाई अघि बढाए । घरमा नै करियर भर खेल्दा सजिलो हुन्छ । तर यदि तपाईं झोला बोकेर नयाँ ठाउँ जानुभयो भने त्यो रोचक यात्रा हुन्छ ।’  -गोल डटकम











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X