
सिटिजन लाइफ इन्स्योरेन्स बानेश्वर शाखाद्वारा जीवन बीमा रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्सको बानेश्वर शाखाद्वारा बीमितका परिवारलाई जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ । ललितपुर वडा नं ९ बस्ने ५४ बर्षका आशाराम खड्गीले १६ वर्षका लागि बीमा गराएकोमा बीमा गरेको आठ महिनामा नै उनको निधन भएको थियो । उनको छोरी सरुना खड्गीले अभिकर्ता भई बुवाको बीमा गराएकी थिइन् ।
बानेश्वर क्षेत्रकी क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले १५ लाख ५० हजार रुपैयाँको चेक बीमीतकी छोरी सरुना खड्गीलाई हस्तान्तरण गरेकी हुन् । उक्त चेक हस्तान्तरण कार्यक्रममा बानेश्वरका शाखा प्रमुख भरत अधिकारी, सिनियर एजेन्सी म्यानेजरहरू किशोर पोखरेल, रिदुम राई, दावा शेर्पा, अन्य एजेन्सी म्यानेजरहरू चन्द्रलक्ष्मी खड्गी, पेशल केसी लगायतको उपस्थिति थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ