
ADVERTISEMENT

बैतडी जिल्लाको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ । पाटन नगरपालिका–३, ४ र ६ को सीमा सैन्देउ नजिक नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो ।
स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख, प्रहरी नायव निरीक्षक नरेन्द्र धामीले जानकारी दिए । प्रहरी टोली घटनास्थलमा गएको छ । शव पहिचानको काम तथा घटनाबारे अनुसन्धान थालिएको धामीले बताए ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ