जन्मकैदको सजाय सुनाइएका कैदीले ल्याए परीक्षामा सबैभन्दा उत्कृष्ट अंक, छात्रवृत्ति पनि पाए
जन्मकैदको सजाय सुनाइएका पाकिस्तानका एक कैदीले माध्यमिक शिक्षाको परीक्षामा सबैभन्दा धेरै अंक बटुल्दै थप पढाइका लागि छात्रवृत्ति प्राप्त गरेका छन् । कराँचीको कारागारमा रहेका ३५ वर्षीय सयेद नइम शाहले निजी विद्यार्थीहरुमध्ये सबैभन्दा धेरै अंक ल्याउँदै इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ पाकिस्तानबाट थप शिक्षाका लागि छात्रवृत्ति प्राप्त गरेका हुन् ।
देशका अन्य कारागारजस्तै कराँचीको कारागारमा पनि निर्धारित संख्याभन्दा धेरै कैदीहरु राख्ने गरिन्छ । २४ सयको क्षमता रहेको उक्त कारागारमा ६ हजारभन्दा बढी कैदी रहेको बताइएको छ । एमनेस्टी इन्टरनेसनलले पाकिस्तानको कारागारको अवस्था दयनीय रहेको बताएको छ ।
कारागारभित्रबाटै रोयटर्ससँगको अन्तरवार्तामा शाहले आफूलाई सानोमा स्कूल जान मन लाग्ने तर परिवारको आर्थिक अवस्थाका कारण पढाइलाई निरन्तरता दिन नसकेको बताएका छन् । उनले कारागारमा अन्य कैदीहरू पनि पढिरहेको र उनीहरुले नै आफूलाई परीक्षा दिनका प्रेरित र सहयोग गरेको जानकारी दिए । कारागारका डेपुटी सुपरिटेन्डेन्ट सइद सुमरोले कारागारका १२ सय कैदी हाल पढिरहेको बताउँदै शाहले हासिल गरेको उपलब्धिप्रति खुसी व्यक्त गरे । छात्रवृत्ति पाए पनि शाहले अझै प्रवेशिका परीक्षा भने पास गर्नुपर्ने इन्स्टिच्युटका अधिकारीले बताएका छन् । छात्रवृत्तिको रकम १० लाख पाकिस्तानी रुपैयाँ बराबरको रहेको छ ।
सन् २०१० मा व्यक्तिगत रिसिइबीमा एक व्यक्तिको हत्या गरेको आरोपमा सन् २०१८ मा शाहलाई जन्मकैदको सजाय सुनाइएको थियो । पाकिस्तानमा जन्मकैदको अवधि २५ वर्ष रहेको छ । तर, सुनुवाइमा बिताएको समय, पढाइमा हासिल गरेको उपलब्धि, राम्रो आचरण र रक्तदानको अंकको कारणले अब उनी आगामी ६ वर्षमा रिहा हुने बताइएको छ । –सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने