शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुटिनको सिक्रेट महलको तस्बिर लिक : पोल डान्स रुमदेखि हुक्का लाउन्जसम्मको बन्दोबस्त

आइतबार, ०९ माघ २०७८, १५ : ०९
आइतबार, ०९ माघ २०७८

भ्लादिमिर पुटिनका सबैभन्दा ठूला विरोधी एलेक्सेई नवेलनीको समूहले रुसी राष्ट्रपतिको महलको तस्बिर अनलाइन सेयर गरेर उनीमाथि निशाना साँधेका छन् । नवेलनीको समूहको दाबी अनुसार यी तस्बिर ब्ल्याक सीस्थित महलको हो । यो महलमा विलासिताको पूरा बन्दोबस्त मिलाइएको छ । पुटिनको मनोरञ्जनका लागि पोल डान्स रुम, स्ट्रिपटिज हल, हुक्का लाउन्ज पनि छ । 

महलको मूल्य करिब १ अर्ब डलर अर्थात् १ खर्ब १९ अर्ब रुपैयाँ बताइएको छ । यसअघि तस्बिर जारी गेर महलमा क्यासिनो एक्वा डिस्को पनि भएको बताइएको थियो । यो महल समुद्रतिर फर्केको बताइन्छ । १६ तले यो भवनको धेरैजसो तला अन्डरग्राउन्ड छन् । यसलाई हलिउड फिल्मका पात्र जेम्स बन्डको सिक्रेट स्थान झैँ बताइएको छ । 

महलको विषयमा राष्ट्रपति पुटिनले यो उनको अर्बपति साथीको बताएका छन् । जबकी रुसको प्रतिक दुईवटा टाउको भएको चिल पूरा महलमा देखिन्छ । यसले यो महल आधिकारिक हो भन्ने प्रमाणित गर्छ । 

पुटिनले जोसुकै भएपनि आफ्नो बाटोबाट हटाउँछन्ः

टाइम म्यागजिनसँग कुरा गर्दै नवेलनीले पुटिनमाथि थुप्रै आरोप लगाएका छन् । नवेलनीका अनुसार पुटिन आफूलाई सत्तामा राखिराख्नका लागि कसैलाई पनि बाटोबाट हटाइदिन सक्छन् । उनले रुसमा कुनै पनि विरोध मत्थर पार्नका लागि ४ लाख जवानको फौज तयार गरेको छ । 

नवेलनीले भने, ‘देशमा भ्रष्टाचारको खुलासा गर्नका लागि मैले सन् २०११ मा एउटा संस्था सुरु गरेको थिएँ । यो संस्थाले थुप्रै धनाढ्यको कर्तुत उजागर गर्यो । त्यसपछि देशमा निष्पक्ष चुनावका लागि थुप्रै मानिस सडकमा आए ।’
 पछि सरकारले सन् २०१२ मा उनीमाथि काठको घोटालाको आरोपमा छापामारी गर्यो र उनका भाइलाई चोरीको आरोपमा जेल पठायो । 

आफ्नै देशको जेलमा बन्द छन् नवेलनीः

नवेलनीले सन् २०१३ मा मस्कोको मेयरको चुनाव पनि लडेका थिए, त्यसमा उनले ३० प्रतिशत भोट पाएका थिए । जब उनले सन् २०१६ मा राष्ट्रपति चुनाव लड्ने घोषणा गरे तब सरकारले उनीविरुद्ध मोर्चा खोलिदियो । सन् २०२० मा साइबेरियामा उनलाई विष दिइयो, यसमा पनि उनको ज्यान बच्यो र उनी देश फर्किने बित्तिकै उनलाई जेलमा हालियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप