
शिखर धवनको १८ वर्ष पुरानो रेकर्ड राज बाबाले तोडे

आईसीसी यु–१९ विश्व कप–२०२२ मा भारतीय ब्याटर राज बाबाले इतिहास रचेका छन् । उनले शिखर धवनको नाममा रहेको १८ वर्ष पुरानो कीर्तिमान शनिबार भंग गरेका हुन् । राज बाबाले शानदार इनिङ खेल्ने क्रममा भारतले युगान्डामाथि तीन सय २६ रनको विशाल जित निकालेको थियो ।
युगान्डा विरुद्ध राजा बाबाले एक सय ६२ रन बनाउँदा अंगकृस रघुबंशीले एक सय ४४ रन बनाएका थिए । दुई खेलाडीले तेस्रो विकेटको लागि दुई सय ६ रन बनाएका थिए ।
दुई खेलाडीको शतकसँगै भारतले समूह ‘बी’मा ५ विकेट गुमाउँदै युगान्डा विरुद्ध चार सय पाँच रनको विशाल योगफल तयार पारेको थियो । एक खेलअघि नै क्वाटरफाइनल प्रवेश गरेको भारतीय टोलीका लागि एक सय २० बलमा २२ चौका र चार छक्काका साथ अंगकृसले एक सय ४४ रन बनाए ।
राज बाबाले एक सय ६२ रन बनाउने क्रममा एक सय आठ बल खेल्दै १४ चौका र आठ छक्का प्रहार गरे । राज बाबा यु १० विश्वकपको इतिहासमा भारतबाट एक इनिङमा सबैभन्दा बढी रन बनाउने ब्याटर बने ।
यसैको साथ शेखर धवनले सन् २००४ मा स्कटल्याण्ड विरुद्ध ढाकामा बनाएको एक सय ५५ रनको कीर्तिमान भंग भएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ