शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सेवा एक साताका लागि स्थगित

आइतबार, ०९ माघ २०७८, १५ : ५८
आइतबार, ०९ माघ २०७८

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि स्थगित गरेको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत नारायण लघुले अत्यावश्यक बाहेकका सबै सेवा १६ माघ आइतबारसम्मका लागि स्थगित गरिएको बताएका छन् । 

कार्यालयका चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएको र संक्रमितको सम्पर्कमा रहेका कर्मचारीलाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै सेवा स्थगित गरेको प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

स्थगित गरिएका सेवाहरुमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र प्रमुख जिल्ला अधिकारीले नै दस्तखत गर्नुपर्ने सेवाहरू पेन्सन पट्टा नामसारी, जन्म मिति, नाम थर सच्याउन खडा गरिने पर्चा आदेश, सिफरिस रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप