ad
x

क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई राष्ट्र बैंकले कडा कारबाही गर्ने

person explore access_timeमाघ ९, २०७८ chat_bubble_outline0

नेपाल राष्ट्र बैंकले गैर कानुनी भर्चुअल करेन्सी अर्थात् क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले पछिल्लो समय बजारमा क्रिप्टो करेन्सी जस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सोझा साझालाई फसाउने कार्य बढेको सुनिएको भन्दै सो विषयप्रति बैंकको ध्यानाकर्षण भएको जनाएको हो । 


‘हालका दिनहरुमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाइ भर्चुअल करेन्सी, क्रिप्टो करेन्सीहरुको कारोबार तथा प्रयोग गर्न तथा त्यस्ता करेन्सीहरुसँग सम्बन्धित हाइपर फन्ड जस्ता कोषमा लगानी गर्न र ज्वइकल, क्राउड, सोमेक्स ग्लोबल जस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा​ आवद्ध हुन प्रोत्साहन गर्ने गराउने गरेको जानकारी प्राप्त भएको छ । सो सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।’



राष्ट्र बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपयुक्त बमोजिम गैरकानुनी वित्तीय औजारमा आवद्ध भइ कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले पैसा बाहिरी स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही हुनेछ’ बैंकले भनेको छ ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X