ad
x

पाँच दिनदेखि हराइरहेका भारतीय युवकलाई चिनियाँ सेनाले फेला पार्‍यो

person explore access_timeमाघ ९, २०७८ chat_bubble_outline0

अरुणाञ्चल प्रदेशबाट बेपत्ता भएका किशोरलाई चीनको जनमुक्ति सेनाले फेला पारेको भारतीय सेनाले दाबी गरेको छ । यसअघि १७ वर्षीय मिरम तरोनलाई चिनियाँ सेनाले अरुणाञ्चलको सियुंग्लाबाट अपहरण गरेको आरोप लगाइएको थियो ।


तेजपुरको डिफेन्स पीआरओका लेफ्टिनेन्ट कर्णेल हर्षवर्धन पाण्डेले आइतबार तरोन आफ्नो गाउँबाट बेपत्ता भएको र उनलाई पीएलएले फेला पारेको जानकारी दिए । चीनको सेनाले यसबारे आफूहरुलाई जानकारी दिएको र उनलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरिएको पनि उनले बताए ।



तरोन गत १८ जनवरीमा बेपत्ता भएका थिए । अरुणाञ्चल प्रदेशका सांसद तापिर गाओले चिनियाँ सेनामाथि उनको अपहरणको आरोप लगाएका थिए । उनले ट्वीट गर्दै चिनियाँ सेना भारतीय भूमिमा प्रवेश गरेर उनलाई अपहरण गरेको आरोप लगाएका थिए ।



तरोन बेपत्ता भएको सूचनापछि भारतीय सेनाले उनलाई खोज्नका लागि चिनियाँ पीएलएसँग सहयोग मागेको थियो । भारतीय सेनाले हटलाइनबाट चिनियाँ सेनासँग सम्पर्क गरेर यसबारे जानकारी दिएको थियो । -दैनिक भास्करबाट











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X