बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पल र कृष्टिनाको ‘तिमी आउँछौ की भनी’ सार्वजनिक

आइतबार, ०९ माघ २०७८, १७ : ३९
आइतबार, ०९ माघ २०७८

पछिल्लो समय अभिनेता पल शाह मिडियामा निकै छाउन थालेका छन् । उनी मिडियामा छाउने बिषय कहिले गायिका समीक्षा अधिकारीसँगको सम्बन्ध त कहिले उनी अभिनित म्युजिक भिडियो बन्ने गरेको छ ।

यस्तैमा पल अभिनित नयाँ म्युजिक भिडियो ‘तिमी आउँछौ की भनी’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा पललाई कृष्टिना थापाले प्रेमिकाको रुपमा अभिनयमा साथ दिएकी छन् । भिडियोमा प्रेमिकाले आफुले औधी माया गरेको प्रेमीको पर्खाइ र सम्झनामा बितेका दिनको कथा बुनिएको छ ।

यो गीत गायक सुनिल गिरीको स्वर रहेको ‘तिमी आउँछौ की भनी’ को फिमेल भर्सन हो । शब्द, संगीत पनि गायक गिरीकै रहेको गीतमा गायिका सुमन गुरुङको स्वर छ । गोपाल रसाइलीको एरेन्ज रहेको गीतको भिडियो अनिल के मानन्धरले निर्देशन गरेका हुन् । निर्देशक अनिलकै छायाङ्कन रहेको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप