मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

छिमेकमा गोली चलिरहेको थियो, एउटा गोली  ८०० फिट पर घरमा सुतिरहेका वैज्ञानिकको टाउकोमा लाग्यो

आइतबार, ०९ माघ २०७८, १७ : ३९
आइतबार, ०९ माघ २०७८

प्रेमिकालाई अमेरिका भेट्न आएका एक बेलायती वैज्ञानिकको एउटा अचम्मको घटनामा परी मृत्यु भएको छ । ३१ वर्षका डाक्टर म्याथ्यु विल्सन आइतबार अबेर राती पार्टनर केट शेपर्डसँगै सुतिरहेका बेला एउटा गोली उनको बेडरुमको भित्ता पार भएर सिधै उनको टाउकोमा लाग्यो ।

प्रहरीका अनुसार केटले आफूहरुलाई यसबारे जानकारी दिएकी हुन् । घटनास्थलमा पुग्दा उनको ज्यान गइसकेको थियो । 

नजिककैको अपार्टमेन्टमा भइरहेको थियो गोलीबारी

प्रहरीका अनुसार राती २ बजे आएको फोनकलमा एउटा अपार्टमेन्टमा अन्धाधुन्ध फायरिङ भएको रिपोर्ट प्राप्त भयो । उनी घटनास्थल पुगेपछि नजिकैको अपार्टमेन्ट ब्लकबाट एउटा फोन आयो । उक्त फोन म्याथ्युको टाउकोमा गोली लागेपछि गरिएको थियो । घटनास्थल पुगेर म्याथ्युलाई स्थानीय अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषित गरियो । 

प्रहरी अधिकारी ज्याकब किसेलले एक स्थानीय टिभीसँगको कुराकानीमा कसैको मूर्खताको शिकार एक निर्दोष व्यक्ति बनेको बताएका छन् । उनले थपे, ‘उनी र उनका पार्टनर बिस्तारामा पल्टिरहेका थिए । उनी यहाँ बेलायतबाट घुम्न आएका हुन् । यो निकै दुःखद घटना हो र हामी आशा गर्छौँ कि यदि कसैसँग पनि यो घटनासँग सम्बन्धित जानकारी छ भने हामीलाई जानकारी दिनुहोस् ।’

हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । 

 ८०० फीट परबाट भएको थियो फायरिङ

डेली मेलको रिपोर्ट अनुसार दुई घरबीचको  दुरी करिब ८०० फीटको छ  । यी अपार्टमेन्टको बीचमा एक सानो जंगल पनि छ । केही मानिस सँगै मिलेर बन्दुकबाट गोली हानिरहेका थिए । एउटा  गोली जंगलको बाटो हुँदै अर्को अपार्टमेन्टमा छिर्यो र म्याथ्युको मृत्युको कारण बन्यो । 

अमेरिकाको अटलान्टामा भयो घटनाः

डेली मेलको अनुसार यो घटना अमेरिकाको अटलान्टा, जर्जियाको हो । यद्यपि, केट त्यहाँकै बासिन्दा हुन् कि होइनन्, यसबारे जानकारी छैन । डा. म्याथ्युले २ वर्ष अघि जर्जिया स्टेट युनिभर्सिटीबाट आफ्नो पढाई पूरा गरेका थिए । उनका केही आफन्त पनि त्यो क्षेत्रमा भएको बताइन्छ । 

बेलायतमा साइन्टिफिक रिसर्चर थिए डा. म्याथ्युः

रिपोर्टका अनुसार डा. म्याथ्यु बेलायतमा एक पोस्टडक्टोरल साइन्टिफिक रिसर्चर थिए । उनी लण्डनको पश्चिमी इलाका चर्टसीमा बस्दथे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप