बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्ला अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

आइतबार, ०९ माघ २०७८, १७ : ५०
आइतबार, ०९ माघ २०७८

हुम्ला जिल्ला अस्पतालका आठ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखीएपछि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको छ । जिल्ला अस्पताल हुम्लाले गएको शुक्रबार एकैपटक गरिएको परिक्षणमा अस्पताल हुम्लाका आठजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको हो ।

स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् ।

जिल्ला स्वास्थ सुरक्षा समितीको बैठकको निर्णयअनुसार  जिल्ला अस्पताल हुम्लामा आकस्मिकबाहेक अस्पतालबाट प्रदान हुने सबै प्रकारका सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप