शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

६ महिनामा ६०५ जना लागु औषधसहित पक्राउ

आइतबार, ०९ माघ २०७८, १८ : ३३
आइतबार, ०९ माघ २०७८

मधेस प्रदेशमा ६ महिनाको अवधिमा प्रहरीले लागुऔषधसहित ६ सय ५ जनालाई पक्राउ गरेको छ।  आठ वटै जिल्लाबाट सो संख्यामा अभियुक्तलाई पक्राउ गरिएको मधेस प्रदेश प्रहरीको कार्यालयले जनाएको छ ।

मधेस प्रदेश प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले चालु आर्थिक वर्षको ६ महिनामा ५ सय ९४ जना पुरुष र ११ जना महिलालाई लागुऔषध सहित पक्राउ गरिएको बताए । 

गाँजा १ हजार ७ सय १९ केजी, ब्राउन सुगर १३४ ग्राम, चरेस ४६ केजी, हिरोईन ८३ ग्राम, डाईलेक्स डिसी ९० लिटर, ट्याब्लेट ४० हजार ७ सय २८ पिस र इन्जेक्सन २२ हजार ४ सय ४६ पिस बरामद गरिएको प्रदेश प्रहरीका प्रवक्ता कार्कीले जानकारी दिए ।

मधेस प्रदेशको विभिन्न जिल्लाबाट प्रहरीले ६ महिनामा करोडौँ रुपैयाँको भन्सार छलि गरेर नेपाल ल्याइएको सामग्री समेत बरामद गरेको छ ।

किराना सामग्री, विद्युतीय सामग्री, सवारी साधन र पार्टपुर्जा, लत्ताकपडा, फेन्सी तथा अन्य सामग्रीसहित सुन र चाँदी बरामद गरिएको र १ सय ४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप