बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा भीरबाट लडेर किशोरीको मृत्यु

आइतबार, ०९ माघ २०७८, १८ : ४५
आइतबार, ०९ माघ २०७८

जुम्लामा एक किशोरीको भीरबाट लडेर ज्यान गएको छ । जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँ निवासी १८ वर्षीया सविता रावतको लडेर मृत्यु भएको हो । 

उनको आइतबार बिहान मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकी नर्सिङ निर्देशक सविना थापाका अनुसार  आईसीयूमा उचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको हो ।

भीरबाट लडेर बेहोस अवस्थामा उनलाई शुक्रबार राति प्रतिष्ठानमा पुर्‍याइएको थियो । उनले होस नआएर मृत्यु भएको हो । मृतकका आफन्त धनसिंह रावतका अनुसार शुक्रबार वनमा जडीबुटी कोर्न गएको समयमा भीरबाट लडेर घाइते भएको बताए ।

मृतक किशोरी चन्दननाथ नमुना  माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन थिइन् । यता अस्पताल प्रहरीका अनुसार आफन्तले मृतक किशोरीको अन्तिम संस्कार गरिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप