बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘भिजिट भिसा’मा खाडी मुलुक भ्रमण गर्न मापदण्ड, को–को जान पाउँछन् ?

आइतबार, ०९ माघ २०७८, १९ : २७
आइतबार, ०९ माघ २०७८

कोभिड–१९ ओमिक्रोन भेरियन्ट संक्रमणका कारण सरकारले माघ १० बाट खाडी मुलुकमा भिजिट भिसामा जान रोक लगाएको थियो । तर, आइतबार गृह मन्त्रालयले फेरि अर्को सूचना जारी गरेर भिजिट भिसामा जानका लागि मापदण्ड तोकेको छ ।

गृह मन्त्रालयले सरकारी कामको सिलसिलामा जाने सरकारी प्रतिनिधि र बिरामीको रेखदेखका लागि जानेहरूलाई भ्रमण खुला गरेको छ ।

अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संघसंस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरूलाई संस्थागत काममा जान रोक नलगाउने निर्णय गरिएको छ । त्यस्तै नेपालमा सामान आयात निर्यात गर्ने व्यवसायिक संस्थाका प्रतिनिधिहरुहलाई पनि भ्रमण खुल्ला गरिएको छ ।

खाली राष्ट्रहरु बाहेक कम्तिमा दुईवटा अरु मुलुकमा पर्यटकको रुपमा भ्रमण गरेका व्यक्तिहरुलाई पनि भिजिट भिसामा जान पाउने भएका छन् । वार्षिक न्यूनतम ६ लाख करयोग्य आय भएर ३ लाख रकम बैंक खातामा हुनेहरूलाई पनि भिजिट भिसामा जाने दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार व्यवसायको बजार प्रबर्द्धनको लागी जाने म्यानपावर व्यवसायीहरु पनि भिजिट भिसामा मलेशिया लगायतका खाडी राष्ट्रमा भिजिट भिसा लिएर जान पाउँछन् ।

कोभिड–१९ संक्रमणको जोखिम बढिरहेको बेला मलेशिया लगायतका खाडीमा भिजिट भिसामा गएर बिचल्ली पर्ने गरेको सूचना पाएपछि सरकारले केही दिनअघि सूचना प्रकाशित गरेर भिजिट भिसामा जान रोक लगाएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप