शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी साधनलाई युरो ६ मापदण्डमा लैजान हतार नगर्न नाडाको आग्रह

आइतबार, ०९ माघ २०७८, १९ : ३४
आइतबार, ०९ माघ २०७८

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सवारी साधनलाई युरो ६ मापदण्डमा लैजान हतार नगर्न सरकारसँग आग्रह गरेको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि युरो ६ मापदण्डको बारेमा छलफल गरेको नाडाले नेपालले अहिले नै सो बारे हतार गर्ने बेला नभएको निष्कर्ष निकालेको हो ।

'सरकारले सम्पूर्ण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागू गर्ने प्रस्ताव गरेको छ यसलाई नाडाले सकारात्मक रुपमा लिएको छ । तर, यसको समग्र पूर्वाधार तयारीका लागि चरणवद्ध रुपमा लागु गर्दै जानुपर्ने भएकोले अहिले त्यसका लागि देशमा उपयुक्त पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ति समेत तयार भइसकेको छैन । यस्तो अवस्थामा सवारी साधनमा युरो ६ मापदण्ड चरणवद्ध रुपमा क्रमशः लागू गर्दै जानुपर्छ भन्ने नाडाको बुझाई हो । सोही नीति अनुरुप अघि बढ्न समेत हामी सरकारलाई अनुरोध गर्न चाहन्छौं' नाडाले भनेको छ ।

सरकारले नेपालमा सञ्चालित सम्पूर्ण सवारी साधनहरुलाई युरो ६ मापदण्डमा  लैजाने तयारी गरिरहेकाे छ ।
युरो ६ मापदण्डका सवारीसाधनले प्रदूषण कम गर्छन् । छिमेकी भारतसहित विकसित मुलुकमा युरो ६ मापदण्डका सवारीसाधनको प्रयोग भइरहेका छन् । नेपाल आयल निगमले आगामी वैशाखदेखि युरो ६ मापदण्डको इन्धन भित्र्याउँदै छ । युरो ४ मापदण्डको इन्धनमा सल्फरिक ५० पीपीए हुन्छ भने युरो ६ मा सल्फरिक १० पीपीए मात्र हुन्छ, जसले गर्दा वातावरण प्रदूषण न्यून हुन्छ । सरकारले पहिलो पटक २०६९ सालमा सवारी प्रदूषण मापदण्ड लागू गरेको हो । त्यसअनुसार अहिले युरो ३ (बीएस ३) सरहका सवारी आयात आयात भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप