
सिनामंगलमा युवकमाथि कैँची प्रहार, साथी पक्राउ

काठमाडौँको सिनामंगलमा सामान्य विवाद हुँदा आफ्नै साथीले एक जना युवकलाई कैँचीले घोपेर घाइते बनाएका छन् । कैँची प्रहारबाट सिन्धुपाल्चोकको चौतारा नगरपालिका–९ घर भई सिनामंगल बस्दै आएका २२ वर्षीय केशव तिमल्सिना गम्भीर घाइते भएका छन् ।
आइतबार दिउँसो काठमाडौँ मेडिकल कलेज नजिकै सँगै खानपिनपछि मोरङ घर भएका ३३ वर्षीय विनोद आचार्यले कैँची प्रहार गरेका थिए । आचार्यलाई तत्काल पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । कैँची प्रहारबाट तिमल्सिनाको पेटबाट आन्द्रा निस्किएको थियो । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । कैँची प्रहार गर्ने आचार्य फलाम वेल्डिङको काम गर्छन् । घाइते तिमल्सिना कवाडी सङ्कलनको काम गर्थे ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ