शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

आइतबार, ०९ माघ २०७८, २२ : ०७
आइतबार, ०९ माघ २०७८

देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज साँझ लमहीदेखि गढवातर्फ जाँदै गरेको रा ५ प ५७१४ नंको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका–४ बलामपुरमा दुर्घटना भएको हो । 

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ निवासी अरुण देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सोही मोटरसाइकलमा सवार चितवन भरतपुर–७ रामप्रसाद सापकोटा घाइते भएको प्रहरीले जनाएको छ  ।

दुर्घटनामा गम्भीर घाइते भएका देवकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै, घाइते सापकोटाको प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप