शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रसुवामा अवैध औषधि बरामद, एक युवक पक्राउ

आइतबार, ०९ माघ २०७८, २२ : ११
आइतबार, ०९ माघ २०७८

अवैध औषधिसहित एक जनालाई रसुवा प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–३ बस्ने ३१ वर्षीय प्रकाश बस्नेत रहेका छन् । चिनियाँ ब्रान्डको ‘इङवेन सिआनाङ’ नामक ४९० बट्टा अवैध रूपको औषधिसहित निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

भन्सार परीक्षण भई सिलबन्दी गरेको ना ६ ख ३८१३ नं कन्टेनर डिब्बाको चालक सिट पछाडि राखी लुकाई छिपाई ल्याएको अवस्थामा धुन्चे प्रहरी चेक पोइन्टले  पक्राउ गरको बताइएको छ । 

बरामद भएको रु दुई लाख ५९ हजार ७०० बराबरको औषधिसहित निज बस्नेत उपर कानुनी प्रक्रिया अगाडि बढाउन आज रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरीले जनाएको छ । कोरोना सङ्क्रमणका कारण नाकामा आउजाउ नै बन्द रहेको अवस्थामा कसरी अवैध रूपको चिनियाँ औषधि आयो र कहाँ को संलग्न छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप