बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता सिटौलाद्वारा अक्सिजन प्लान्ट उद्घाटन

आइतबार, ०९ माघ २०७८, २२ : २०
आइतबार, ०९ माघ २०७८

मेची प्रादेशिक अस्पताल भद्रपुरमा ११० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले आज एक कार्यक्रमबीच उद्घाटन गरेसँगै उक्त अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । 

नेपाल चिकित्सक सङ्घले अस्पताललाई ११० सिलिन्डर क्षमताको प्लान्ट उपलब्ध गराएको थियो । प्लान्ट स्थापनार्थ नेता सिटौलाले पहलसमेत गरेका थिए ।

कार्यक्रममा चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले सङ्घको पहलमा चुजी फाउन्डेसन ताइवानले मेची प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट सहयोगस्वरूप उपलब्ध बताए । प्रदेश नं १ सरकारले उपलब्ध गराएको ३५ सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालित छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप