शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हिमानी ट्रष्ट अमेरिकाको क्यालिफोर्निया ब्युरोको उद्घाटन समारोह सम्पन्न

सोमबार, १० माघ २०७८, ०९ : २५
सोमबार, १० माघ २०७८

हिमानी ट्रष्ट अमेरिकाको क्यालिफोर्निया ब्यूरोको उद्घाटन समारोह सम्पन्न भएको छ । जनवरी २३ आइतबारका दिन क्यालिफोर्निया सामाजिक क्षेत्रमा स्थापित विभिन्न व्यक्तित्वहरु भौतिक रुपले उपस्थिति हुनुको साथै पदाधिकारी,अतिथि ,हिमानी ट्रष्ट नेपालकी अध्यक्ष हिमानी शाह,हिमानी ट्रस्ट अमेरिकाका अध्यक्ष हरि शर्मा ,हिमानी ट्रस्ट नेपालका प्रमुख कार्यकारी अधिकारी उत्तम निरौला लगायतको समारोहमा उपस्थिति रहेको थियो ।

हिमानी ट्रष्ट क्यालिफोर्निया ब्युरोका सबै जना भौतिक रुपमा उपस्थिति रहेता पनि उद्घाटन समारोह जुमबाट संचालन भएको थियो । उक्त समारोह भव्यताका साथ सम्पन्न भएको सल्लाहकार अनिल पाण्डेले बताउनु भएको छ ।

समारोह क्यालिफोर्नियाको दिउसो १ बजे सुरु भएको थियो भने कार्यक्रम संचालक सुनिता कंडेल सापकोटाले गर्नु भएको थियो । समारोहमा नेपाली तथा अमेरिकी राष्ट्रिय गान बजाइएको थियो भने कोशिस खरेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

समारोहमा हिमानी ट्रष्ट नेपालकी सदस्य सचिव रेश्मा राना,हिमानी ट्रस्ट नेपालका प्रमुख कार्यकारी अधिकारी उत्तम निरौला,बिशेष अतिथि लिन्डा पुलिएसी ,हिमानी ट्रस्ट अमेरिकाका अध्यक्ष हरि शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो ।

हिमानी ट्रस्ट अमेरिकाका महासचिव आनन्दु लामाले क्यालिफोर्निया ब्युरोका समिति सदस्यहरुलाई परिचय गराउनु भएको थियो । हिमानी ट्रष्ट नेपालकी अध्यक्ष  हिमानी शाहले समिति सदस्यहरुलाई बधाई तथा धन्यवाद दिनु भएको थियो ।

कार्यक्रमका राजदुत(सदभावना राजदुत) सिबी थापाले धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो । समारोहमा सल्लाहकार अनिल पाण्डे तथा नारायण सोनामी समेतले उपस्थिति जनाउनु भएको थियो ।

उदघाटन पछि क्यालिफोर्नियामा भौतिक रुपमा उपस्थित हुनु भएका अतिथि तथा समितिका पदाधिकारीहरुको लागि दिउसो २ बजे दिवा भोजनको समेत आयोजना गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप