मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड स्टार : जसको दोस्रो विवाह पनि सफल भएन

सोमबार, १० माघ २०७८, ०९ : ५८
सोमबार, १० माघ २०७८

साउथ फिल्मका सुपरस्टार चिरञ्जीवीका छोरी श्रीजा र उनका पति कल्याणको वैवाहिक सम्बन्ध सकिएको खबरले चर्चा पाएको छ । श्रीजाले सामाजिक सञ्जालको अकाउन्टबाट पतिको नाम हटाएकी छन् । श्रीजाले पहिलो विवाह सफल नभएपछि कल्याणसँग दोस्रो विवाह गरेकी थिइन् । तर, दोस्रो विवाह पनि सफल नहुने देखिएको छ । यस्ता बलिउडका थुप्रै सेलिब्रेटीहरु छन्, जसले पहिलो विवाह असफल भएपछि दोस्रो विवाह गरे तर उनीहरुको दोस्रो विवाह पनि सफल भएन । 

आमिर खान 
बलिउडमा यर्थाथपरक फिल्ममा काम गरेर मिस्टर पर्फेक्शनिस्टको उपाधि पाएका आमिरको दोस्रो विवाह पनि असफल भएको छ । उनले सन् १९८६ मा रीमा दत्तासँग पहिलो विवाह गरेका थिए । पहिलो विवाह सफल भएन । त्यसपछि उनले सन् २००२ मा सम्बन्धविच्छेद गरे । त्यसपछि उनले किरण रावसँग विवाह गरे । तर, सन् २०२१ मा उनीहरुबीच पनि सम्बन्धविच्छेद भयो । 

करण सिंह ग्रोवर 
टेलिभिजनदेखि बलिउडसम्म सफल अभिनेता करण सिंह ग्रोवरले तीन वटा विवाह गरेका छन् । उनले पहिलो विवाह सन् २००८ मा श्रद्धा निगमसँग गरेका थिए । एक वर्षपछाडि नै उनीहरुको विवाह असफल भयो । त्यसपछि करणले जेनिफर विंगेटसँग विवाह गरे । तर, उनीहरुको पनि सन् २०१२ मा सम्बन्धविच्छेद भयो । हाल करण बलिउड अभिनेत्री बिपाशा बसुसँग वैवाहिक जीवनमा बाँधिएका छन् । 

श्वेता तिवारी
राजा चौधरीसँग सन् २००७ मा सम्बन्धविच्छेद गरेकी श्वेताले सन् २०१३ मा अभिनव कोहलीसँग विवाह गरिन् । सन् २०१७ मा यी दुईबीच पनि खटपट सुरु भयो । त्यसपछि सन् २०१९ मा यी दुईबीच सम्बन्धविच्छेद भयो । श्वेताले अभिनवमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । 

नीलिमा अजीम 
नीलिमा अजीमले सन् १९७९ मा पंकज कपूरसँग पहिलो विवाह गरेकी थिइन् । जसबाट शाहिद कपूरको जन्म भएको थियो । नीलिमाले ५ वर्षपछाडि पंकजसँग सम्बन्धविच्छेद गरेर सन् १९९० मा राजेश खट्टरसँग विवाह गरिन् । जसबाट ईशान खट्टरको जन्म भयो । विवाहको ११ वर्षपछि दुवैको सन् २००१ मा सम्बन्धविच्छेद भयो । यसपछि अभिनेत्री नीलिमाले सन् २००४ मा अली खानसँग विवाह गरिन् । उक्त विवाह पनि ५ वर्षमा सकियो । 

विनोद मेहरा 
दिवंगत अभिनेता विनोद मेहराको पनि वैवाहिक जीवन असफल भयो । उनले पहिलो विवाह किरण मेहरा र दोस्रो विवाह बिन्दिया गोस्वामीसँग गरेका थिए । 

कबीर बेदी 
अभिनेता कबीर बेदीले सन् १९६९ मा प्रोतिमा बेदीसँग पहिलो विवाह गरे । विवाह गरेको ५ वर्षमा उनीहरुको सम्बन्धविच्छेद भयो । यसपछि अभिनेताले निक्की बेदीसँग विवाह गरे । उक्त विवाह पनि असफल भयो । 

जेबा बख्तियार 
अभिनेत्री जेबा बख्तियारले तीन पटक विवाह गरिन् । तर, उनको तीन वटा विवाह नै सफल भएन । उनको पहिलो विवाह सलमान वालियां, दोस्रो विवाह जावेद जाफरीसँग र तेस्रो विवाह अदनान समीसँग गरिन् । तर, उनको तीनवटै विवाह असफल भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप