शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भोजपुरी स्टार निरहूआसँग फिल्म खेल्दै शिल्पा

सोमबार, १० माघ २०७८, १० : ४१
सोमबार, १० माघ २०७८

अभिनेत्री शिल्पा पोखरेलको रोमान्स भोजपुरी सुपरस्टार दिनेश लाल यादव निरहुआसँग रहने भएको छ । उनी दुई फिल्म ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा निरहुआको अपोजित भूमिकामा देखिन लागेकी हुन् ।

सोनु खत्रीको निर्देशन रहने यी दुबै फिल्ममा शिल्पा हालै अनुबन्धित भएकी हुन् । फिल्ममा अभिनेत्री अम्रपाली दुबेको समेत अभिनय रहनेछ । फिल्म निर्माण घोषणा हालै भएको थियो । कार्यक्रममा  शिल्पाले भोजपुरीमा फिल्म रहरले भन्दा पनि आफ्नो स्थान बनाउन अभिनय गर्न लागेको बताएकी थिइन् ।

यस अगाडि शिल्पाले ‘जय शम्भु’ र ‘प्रेमगीत २’ नाम भोजपुरी फिल्म अभिनय गरेकी छन् । ‘लज्जा’ बाट नेपाली फिल्म अभिनय डेब्यु गरेकी शिल्पाले ‘मंगलम, वीरांगना, हवल्दार सुन्तली, बृन्दावन’ थुप्रै नेपाली फिल्म अभिनय गरेकी छन् । पछिल्लो समय उनी निर्माता पति छविराज ओझासँगको घरायसी झगडाको कारण चर्चामा छाएकी थिइन् ।

भोजपुरी फिल्म अभिनय गर्ने शिल्पा पहिलो नेपाली कलाकार भने होइन । अभिनेता विराज भट्ट, नीता ढुंगाना लगायतले समेत भोजपुरी फिल्म अभिनय गरिसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप