शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिटामोलको कृत्रिम अभाव कायम गर्नु दुःखद्ः जनस्वास्थ्य विद्यार्थी संघ

सोमबार, १० माघ २०७८, १२ : ०६
सोमबार, १० माघ २०७८

नेपाल जनस्वास्थ्य विद्यार्थी संघले कोरोना महामारीको समयमा सिटामोल जस्तो अति संवेदनशील विषयको कृत्रिम अभाव कायम गर्नु दुःखद् भएको जनाएको छ। कोभिड–१९ संक्रमण दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव रहेको छ। तर यस्तो समयमा समयमा सरकार त्यसको नियन्त्रणमा लाग्नुपर्नेमा जनताले सिटामोलसम्म पाउन नसक्ने अवस्थाको सिर्जना हुनु दुखद रहेको संघका महासचिव अमृत बिष्ट र  अध्यक्ष सुमित बोहराद्वारा जारी बिज्ञप्तिमा भनिएको छ।

‘स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले बजारमा सिटामोलको अभाव नभएको जिकिर गरिरहेको छ। हामी प्रश्न गर्न चाहन्छौं, सिटामोलको अभाव कुन बजारमा छैन?’, विज्ञप्तिमा भनिएको छ । 

 मन्त्रालयले समायोजन गरेको पिसिआर परीक्षण शुल्क सरकारी अस्पतालहरूले समेत कार्यान्वयन नगरेको संघका महासचिव अमृत बिष्टले बताए। सरकारी निर्देशनको पालना नगर्ने अस्पताललाई कारबाही गर्न संघको माग छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप