शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के ब्रह्मान्डमा एलिएन जीवन अस्तित्वमा छ ?

सोमबार, १० माघ २०७८, १३ : ०२
सोमबार, १० माघ २०७८

पछिल्लो दशकमा अन्तरिक्ष अनुसन्धानले राम्रै स्थान पाएको छ । अन्तरिक्षमा जेम्स वेब टेलिस्कोप परिचालनदेखि प्लुटोमा अन्तरिक्ष मिसन सुरु गरेर अन्तरिक्ष यात्रीहरूले धेरै ‘ब्रेकथ्रु’ गरेका छन् ।  भूर्गविद्, वैज्ञानिक, अन्तरिक्ष यात्रीले लामो समयदेखि अन्तरिक्षका विभिन्न रहस्य सार्वजनिक गर्दै आएका छन् । 

अन्तरिक्षको क्षेत्रमा धेरै ठूला प्रगति भए पनि एलिन जीवन भने अझै रहस्यकै गर्भमा छ । विभिन्न समयमा धेरै अपरिचित उड्ने वस्तु पृथ्वीमा देखिएसँगै एलिनको अस्तित्वबारे पनि चर्चा बढेको छ ।  वैज्ञानिकहरुले विभिन्न ग्रह र सौर्य प्रणालीका विभिन्न तथ्य सार्वजनिक गरिसकेका छन् । ताराको प्रकृति, पुच्छ्रेतारासँग सम्बन्धित विभिन्न जिज्ञासा समाधान भएका छन् । 

तर, ब्रह्माण्डमा ‘एलिन लाइफ’ को अस्तित्वबारे गरिएका विभिन्न प्रश्न अनुत्तरित छन् । किन ? एलिन लाइफ वास्तविकता हो भने किन अझै रहस्यमै छ ? ब्रह्मान्डमा एलिनको अस्थित्वबारे विभिन्न पौराणिक ग्रन्थ, चलचित्र लगायतमा पढ्न तथा सुन्न पाइन्छ ।

दशकौंदेखि एलिनको विषय मानव जगतका लागि एउटा सर्वाधिक विषय बनेको छ । अन्तरिक्ष विज्ञानमा प्रगतिसँगै यस विषय प्रतिको उत्सुकता झन् बढिरहेको छ ।  विश्वभरका वैज्ञानिकहरुले ब्रह्माण्डमा एलिनको जीवन पत्ता लगाउन सकेका छैनन् भने विश्वास गर्न पनि कठिनाई भइरहेको छ । योसँगै प्राय मानिसको दिमाग घोच्ने प्रश्न पनि छ– ब्रह्माण्डमा के एलिन जीवन छ ? के हामी एक्ला छौं ? एलिनबारे सार्वजनिक हुन नसकेका धेरै गोपनियता सार्वजनिक हुन बाँकी नै छ । आशा गरौं वैज्ञानिकहरुले छिट्टै यो रहस्य सार्वजनिक गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप