शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्टिङ मेसिन प्रदान

सोमबार, १० माघ २०७८, १६ : ३७
सोमबार, १० माघ २०७८

महालक्ष्मी विकास बैंकले विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्टिङ मेसिन प्रदान गरेको छ । बैंककोे शखमुल शाखाले बुद्घनगर वडा नं. १० मा अवस्थित बुद्घनगर आधारभुत विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको हो ।

छात्राहरु महिनावारीको समयमा निर्धक्कले विद्यालय आएर पढ्न सकुन् भन्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको शखमुल शाखाका शाखा प्रवन्धक पुन्य श्रेष्ठले बताए । त्यस्तै, विद्यालय संचालक समितिका अध्यक्ष श्याम तन्डुकारले विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन प्रदान गर्नुले छात्राहरुमा विद्यालय आउने थप हौसला मिलेको भन्दै बैंकलाई धन्यवाद दिएका छन् । 

बैंकले  संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ संचालन गर्दै आइरहेको छ । त्यस्तै, बैंकले आगामी दिनमा विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा उपलब्ध गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप