आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश
अमेरिकाले युक्रेनको दूतावासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूतावासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ ।
पछिल्ला केही हप्ताहरुमा रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । किभको दूतावासमा कार्यरत कर्मचारी, तिनका परिवारका सदस्य र अत्यावश्यक काम नभएका अन्य कर्मचारीहरुलाई पनि अमेरिकी विदेश मन्त्रालयले युक्रेन छाड्न भनेको हो ।
सो दूतावासमा रहेका मात्र नभएर युक्रेनमा रहेका आफ्ना सबै नागरिकहरुलाई पनि सम्भव भएसम्म युक्रेन छाड्ने विषयमा विचार गर्न अमेरिकाले अनुरोध गरेको छ । अमेरिकी गुप्तचर रिपोर्टमा रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको पाइएको बताइएको छ । त्यसैले पनि अमेरिकाले आफ्ना नागरिकहरुलाई उक्त आदेश जारी गरेको बताइएको छ ।
उता रुसले भने युक्रेनमा आक्रमण गर्ने योजना नरहेको बताएको छ । रुसले पछिल्ला समयमा अमेरिकाले लगाउँदै आएको सो आरोपको खण्डन पनि गर्दै आएको छ । तर पनि अघिल्लो महिना देखि नै रुसले भने युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले यो कुरा उल्लेख गरेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै