शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्यार्थीको सिकाइलाई सहज बनाउने ‘मिदास इक्लास’ मोबाइल एप सञ्चालनमा

सोमबार, १० माघ २०७८, १७ : ४७
सोमबार, १० माघ २०७८

मिदास एजुकेसन लिमिटेडले विद्यार्थीहरुको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ मोबाइल र वेब एप सञ्चालनमा ल्याएको छ । यसले विद्यार्थीको शिक्षण सिकाइलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ ।
नर्सरी देखि ११ कक्षासम्मका विद्यार्थीलाई स्वअध्ययन गर्न र बुझेर पढ्न प्रेरित गर्ने मिदास इक्लास पाठ्यक्रममा आधारित पाठहरूको एनिमेटेड भिडियो, पावर पोइन्ट प्रिजिन्टेसन, क्वीज तथा गेम र नोट परिमार्जित रूपमा उपलब्ध गराइएको छ ।

विद्यार्थीले यसमा भएका भिडियोहरू फिल्म जसरी हेर्न सक्नेछन्, जसले गर्दा विद्यार्थीले गाह्रोपाठहरु पनि सजिलोसँग बुझ्ने बनाइएको छ । साथै, यसमा क्वीज तथा गेमहरू खेल्दै आफ्नो पाठ सिक्न सकिन्छ । यसरी गेम खेल्दा सहि जवाफ दिएबापत पोइन्ट र उपहारहरू पनि पाउने कम्पनीले जनाएको छ ।

विद्यार्थीहरुले पढ्दा वा होमवोर्क गर्दा कुनै दुविधा भएमा जतिबेला पनि मिडस एक्लस्सबाट शिक्षकहरूसँग भिडियोमा सोध्न सक्नेछन् । विद्यार्थीलाई सिकाउन देशभरका सयौँ शिक्षकहरू हरेक दिन बिहान ७–९ बजेसम्म र बेलुका ४–९ बजेसम्म भिडियोमा उपलब्ध छन् । 
.
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप