शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा १८६ जना कोरोना सङ्क्रमणमुक्त,  ९४९ जना थपिए

सोमबार, १० माघ २०७८, २० : ०४
सोमबार, १० माघ २०७८

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १८६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा ९४९ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालक केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

थपिनेमा कास्कीका ४५६, तनहुँका १००, लमजुङका ९६, पर्वतका ७८, स्याङ्जाका ७५ र म्याग्दीका ४९ जना छन् । त्यस्तै नवलपरासी पूर्वका ४७, गोरखाका ३५, बागलुङका नौ र मुस्ताङका चार जना रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा होम आइसोलेशनमा रहनेको सङ्ख्या पाँच हजार ६२३ जना रहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप