बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टेकु अस्पतालमा भोलिदेखि खोप अभियान फेरि सञ्चालन हुने

सोमबार, १० माघ २०७८, २० : ५४
सोमबार, १० माघ २०७८

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारबाट पुनः खोप अभियान सञ्चालनमा  आउने भएको छ । सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौँबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने जनाकारी दिएको हो ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमितका साथै कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक रूपमा बढिरहँदा खोप लगाउनेहरूको भीड अस्पतालमा लागेको थियो थियो । तर,  अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट सङ्क्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि खोप अभियान स्थगित गरिएको थियो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप